सर्वोच्चको अन्तरिम आदेश– वामदेवलाई सांसदका रुपमा काम गर्न नदिनू

नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यको रुपमा काम गर्न नदिन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमलाई सांसदका रुपमा काम गर्न नदिन अन्तरिम आदेश दिएको हो । उनलाई मन्त्री समेत नबनाउन आदेश दिएको बताइएको छ ।

यसअघि नेकपाको सचिवालय बैठकले निर्णय गरेपछि मन्त्रिपरिषदले वामदेवलाई सांसद बनाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । 

गौतमले राष्ट्रपतिबाट सिफारिस भइसकेपछि राष्ट्रिय सभा सदस्यको रुपमा १ असाेजमा सपथ लिइसकेका छन् ।

तर प्रतिनिधि सभा निर्वाचनमा हारिसकेकाे व्यक्तिलाई राष्ट्रिय सभामा लगिएकाे भन्दै अधिवक्ता दिनेश त्रिपाठीले सर्वाेच्चमा रिट हालेका थिए । 

सर्वोच्चको यस आदेशपछि गौतमलाई सरकारले मन्त्री नियुक्त गर्नेलगायत अन्य संवैधानिक जिम्मेवारी दिन पाउने छैन ।



 



  • प्रकाशित मिति : असोज ७, २०७७ बुधबार १७:५४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया