बैंग्लोरका कप्तान विराट कोहलीलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना

इन्डियन प्रिमियर लिग (आइपिएल) ले रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान विराट कोहलीलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना गराएको छ । लिग अन्तर्गत गएराति किंग्स ११ पञ्जाव विरुद्धको खेलमा स्लो ओरभ गरेको भन्दै उनलाई जरिवाना गरिएको हो ।

आइपिएलका अनुसार ‘न्यूनतम ओभर गति उलङ्घन’ सँग सम्बन्धित नियम अनुसार कोहलीलाई जरिवाना गरिएको हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा बैंग्लोरले ९७ रनको फराकिलो  हार बेहोरेको थियो ।

विराट कोहलीबाट २ पटक जीवन दान पाएका पञ्जावका कप्तान केएल राहुलले १३२ रनको अविजित पारी खेलेपछि पञ्जावले २०६ रनको विशाल योगफल तयार पारेको थियो । 

कोहलीले राहुल ८३ तथा ८९ रनको व्यक्तिगत स्कोरमा रहदा क्याच मिस गरेका थिए । २०७ रनको लक्ष्य पछ्याएको बैंग्लोर १०९ मा अलआउट भएको थियो ।
 





  • प्रकाशित मिति : असोज ९, २०७७ शुक्रबार १६:१०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया