करिब एक साता लामो झरीपछि मौसम खुल्न थालेको छ । शनिबार प्रदेश १, २ र गण्डकीका केही ठाउँमा मात्र ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । लगातार पानी परेको मौसम प्रणलीकै असरले शनिबार पानी पर्ने सम्भावना रहन्छ ।
प्रदेश १, २ र गण्डकीका केही स्थानमा पानी परे पनि देशका धेरै ठाउँको मौसम खुल्नेछ । पानी पार्ने मौसम प्रणाली कमजोर हुँदै गएकाले शुक्रबारबाट कम पानी परेको हो ।
उपत्यकामा शुक्रबार कम पानी परे पनि प्रदेश १ मा भारी वर्षा भएको थियो । शनिबार दिउँसो प्रदेश १, २, बागमती र गण्डकीको मौसम सामान्य रहने अनुमान महाशाखाको छ ।
महाशाखाका अनुसार प्रदेश ५, कर्णाली र सुदूरपश्चिमको मौसममा भने छिनछिनमै बदली आउने छ । शनिबार राति पनि प्रदेश १ र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।
देशका अन्य भागमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान महाशाखाले गरेको छ । गएराति स्थानीय वायुको प्रभावले बुटवलमा ठूलो पानी परेको छ।
सोमबार सामान्य वर्षा भएर मंगलबारदेखि देशभर निरन्तर झरी परेको थियो । अहिले यसको असर कम हुँदै गएको मौसमविद्को भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।