पूर्वउपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले देशलाई आर्थिक रुपमा धरासायी बनाउँदै लगेको आरोप लगाएका छन् ।
देशलाई मात्रै नभएर आफू पनि राजनीतिक रुपमा धरासायी बन्दै गएको उनको आरोप छ । शनिबार राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
विश्वमा कम्युनिष्टले सरकार चलाएका मुलुक धरासायी भएको उदाहरण दिँदै उनले भने,‘अहिले त्यही बाटोमा नेपाल पनि छ । भ्रष्टाचार काण्डैकाण्डमा सरकार फसेको छ । यतिका काण्ड त पञ्चायती समयमा पनि भएका थिएनन् होला ।’
कम्युनिष्ट पार्टीबाट मुलुकको कुनै समस्या हल हुन नसक्ने भएकाले वैकल्पिक शक्तिको आवश्यकता औँल्याउँदै उनले जनता उपचार र खाना नपाएर मरिरहेको भए पनि सरकारले त्यसमा कुनै वास्ता नगरेको आरोप लगाए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।