के डाइनोसरबाट मानिसमा सरेको हो क्यान्सर ? के भन्छ नयाँ अध्ययन ?

पहिलोपटक एक अनुसन्धानले के पत्ता लगाएको छ भने डाइनोसरमा पनि पहिले क्यान्सर जस्तो घातक रोग लागेको हुनसक्थ्यो । सन् १९८९ मा क्यानडाको अल्बटा प्रान्तमा डाइनोसरको जीवाश्म भेटिएको थियो । यो हड्डी ७.६ करोड साल पुरानो डाइनोसरको भएको हुनसक्ने अनुमान गरिएको छ । 

अब शोधकर्ताहरुले यो हड्ठीमा शाकाहारी डाइनोसरमा पनि क्यान्सर भएको हुनसक्ने अनुमान गरेका छन् । ओस्टियोसारकोमा भएकाले यसमा क्यान्सर भएको हुनसक्ने अनुमान गरिएको छ ।
 

टोरन्टोमा रहेको रोयल ओन्टेरियो म्युजियममा यो डाइनोसरको हड्डी राखिएको छ । ६ मिटर लामो यो हड्डी डाइनोसरको पछिल्लो खुट्टाको हुनसक्ने अनुमान गरिएको छ । अनि यही हड्डीमा क्यान्सरको ट्युमर भेटिएको हो । सिटी स्क्यानबाट यो प्रमाणित भएको वैज्ञानिकहरुले बताएका छन् । तर, यसबारे थप अनुसन्धान हुन बाँकी छ ।





  • प्रकाशित मिति : असोज १०, २०७७ शनिबार २२:३६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया