डेपुटी गभर्नरसहित नेपाल राष्ट्र बैंकका ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठसहित ३१ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
केही दिनअघि कर्मचारीमा कोरोना देखिएपछि डेपुटी गभर्नर श्रेष्ठको स्वाव परीक्षण गरिएको थियो । गत बुधबार परीक्षणका लागि स्वाब दिएका डेपुटी गभर्नर श्रेष्ठलाई बिहीबार कोरोना पुष्टि भएको हो ।
कोरोना पुष्टि भएपछि उनी अहिले होम आइसोलेसनमा छन् । उनका परिवारका अन्य सदस्यलाई भने हालसम्म संक्रमण देखिएको छैन ।
राष्ट्र बैंक केन्द्रीय कार्यालय विभिन्न विभाग, महाशाखा तथा प्रदेश कार्यालयका ३१ जना कर्मचारी र उनीहरुका आफन्त ३४ जना गरी ६५ जनामा कोरोना पुष्टि भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।