भाउजूको हत्या गरेको आरोपमा लमजुङमा एक व्यक्ति पक्राउ परेका छन् ।
क्व्होलासोंथर गाउँपालिका ९ गिलुङकी ५९ वर्षीया बुद्धिमाया विकको हत्या आरोपमा देवर नाता पर्ने गिलुङकै ५७ वर्षीय बिलबहादुर विक पक्राउ परेका हुन् ।
प्रहरीले उनलाइ घटनाको २३ दिनपछि पक्राउ गरेको हो । जग्गासम्बन्धी विवादमा बिलबहादुरले उनको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
एकल महिला बुद्धिमाया गत भदौ २३ गते आफ्नै घरमा मृत भेटिएकी थिइन् । उनको पतिको ५ वर्षअघि मृत्यु भएको थियो ।
प्रहरी सोधपुछमा बिलबहादुरले भदौ २० गते राति करिब ९ बजे भाउजू (बिमाया)लाई टाउकोमा दाउरा प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन् ।
सोमबार जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी अभियुक्तमाथि थप अनुसन्धान थालिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।