रुसले नेपालका लागि २ करोड ५० लाख डोज कोरोना–भ्याक्सिन पठाउने

रुसले उत्पादन गरेको कोभिड–१९ भ्याक्सिन अब नेपाल आउने भएको छ । रुसले नेपालका लागि २ करोड ५० लाख डोज भ्याक्सिन पठाउने भएको छ । 

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएअनुसार रुसी राष्ट्रिय सम्पत्ति कोषले ट्रिनिटी फर्मास्युटिकल्समार्फत उक्त औषधि नेपालमा पठाउन लागेको हो । 

कोषले ट्रिनिटी फर्मास्युटिकल्सलाई यस क्षेत्रको आधिकारिक वितरकमा चयन गरेको छ । कोषले ट्रिनिटीमार्फत छिमेकी मुलुक भारतमा १० करोड डोज भ्याक्सिन सप्लाइ गर्नेछ । 

रुसले उत्पादन गरेको कोरोनाविरुद्धको भ्याक्सिन अहिले परीक्षणकै क्रममा रहेकाले उसले यस क्षेत्रमा क्लिनिकल ट्रायलको अपेक्षासमेत गरेको रोयटर्सले जनाएको छ । 





  • प्रकाशित मिति : असोज १३, २०७७ मंगलबार १७:४८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया