काङ्ग्रेस नेता गगन थापालाई कोरोना संक्रमण

काङ्ग्रेस नेता तथा केन्द्रीय सदस्य गगन थापालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

उनको नीजि सचिवालयले फरकधारलाई बताएअनुसार थापाको कोरोना रिपोर्ट पोजेटिभ आएको शनिबार साँझ पुष्टि भएको हो । 

यसअघि नेपाली कांग्रेसका अर्का नेता अर्जुननरसिंह केसीलाई कोरोना भएको पुष्टि भइसकेको छ । कांग्रेसका केन्द्रीय सदस्य ३ जना र कांग्रेस केन्द्रीय कार्यालयमा काम गर्ने चार जनालाई कोरोना संक्रमण पुष्टि भएको समाचार बाहिर आएका छन् ।

स्रोतका अनुसार कांग्रेस केन्द्रीय सदस्य थप केहीलाई कोरोना संक्रमण पुष्टि भएको छ । तर, यसको स्वतन्त्र पुष्टि हुन सकेकाे छैन ।





  • प्रकाशित मिति : असोज १७, २०७७ शनिबार २१:५८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया