प्रदेश ५ को राजधानीको विषयमा बढिरहेको विवाद र आन्दोलनबीच प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको गाडी तोडफोड भएको छ । अज्ञात समूहले मुख्यमन्त्रीको गाडी र प्रहरी स्कर्टिङका दुई गाडीमा तोडफोड गरेका हुन् ।
प्रदेश ५ का मुख्यमन्त्री पोखरेल चढेको गाडीमा आइतबार साँझ ६ बजे मिलनचोकमा ढुंगा प्रहार भएको हो ।
उनका अगाडि र पछाडिका दुई गाडीमा पनि ढुंगा प्रहार भएको छ ।
ढुंगा प्रहार भएपछि उनीहरु फर्किएका थिए ।
यो घटनामा संलग्न भएको आरोपमा प्रहरीले ४ जना पक्राउ गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।