मुख्यमन्त्री पोखरेल चढेको गाडीमा ढुंगा प्रहारपछि हवाइफायर

प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल चढेको गाडीमा ढुंगा प्रहार भएपछि प्रहरीले अवस्था नियन्त्रणमा लिन हवाइफायर गरेको छ । 

भैरहवा विमानस्थलबाट बुटवल जाँदै गरेका पोखरेलको र उनलाई स्कर्टिङ गरेका गाडीमा ढुंगा आज साँझ ढुंगा प्रहार भएको थियो । 

ढुंगा प्रहार भएपछि राजमार्ग चौराहामा तैनाथ प्रहरीले हवाइफायर गरेको हो । ढुंगा प्रहारबाट तीन वटा गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । 

प्रदेशको राजधानी दाङ बनाउने प्रदेश सरकारको निर्णयसँगै बुटवलमा प्रदर्शनले उग्ररुप लिन थालिसकेको छ ।






  • प्रकाशित मिति : असोज १८, २०७७ आइतबार १९:४७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया