कोरोना संकटका कारण लामे समयदेखि रोकिएको लोकसेवा आयोगको कर्मचारी पदपूर्तिका नयाँ विज्ञापन अब खुल्ने भएको छ । मन्त्रिपरिषद बैठकले उक्त कार्यक्रम अघि बढाउन आग्रह गर्ने निर्णय गरेको हो ।
यसअघि गत वैशाखमा अर्को निर्णय नभएसम्मका लागि सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेकोमा असोज १५ गतेको बैठकले फुकुवा गर्ने निर्णय गरेको हो ।
सरकारको निर्णय अनुसार अब रिक्त दरबन्दी पदपूर्ति गर्न आयोगबाट भएको विज्ञापन अनुसारको परीक्षा सञ्चालन हुनेछन् ।
मन्त्रिपरिषद्ले नियमित विज्ञापनका सम्पूर्ण कार्यक्रम फुकुवा गर्न पनि आयोगलाई आग्रह गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।