कोरोना संक्रमितलाई अनिवार्य रुपमा आइसोलेसनको व्यवस्था गर्न माग

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले सरकारको उदासीनताका कारण कोरोना संक्रमण रोकथाम हुन नसकेको आरोप लगाएका छन् । 

नेपाली कांग्रेसको कोभिड–१९ अनुगमन समिति संयोजक समेत रहेका डा. महतले विज्ञप्ति जारी गरेर यस्तो आरोप लगाएका हुन् । 

सरकारले समुचित आइसोलेसनको व्यवस्था गर्न नसक्दा संक्रमितको बिचल्ली भएको, कन्ट्याक ट्रेसिङ हुन नसकेको लगायत कारणले कोरोना रोकथाम हुन नसकेको विज्ञप्तिमा उल्लेख छ ।

डेरामा बस्नेहरुलाई घरबेटीले कोरोना नेगेटिभको रिपोर्ट मागेपछि परीक्षण गर्दा बहालमा बस्ने केहीको पोजिटिभ देखिएको भन्दै उनले यस्ता संक्रमितले आइसोलेसन माग गर्दा सम्बन्धित निकायले फर्काउने गरेको बताए । प्रशासनको यस्तो प्रवृत्तिका कारण संक्रमितले संक्रमण लुकाउनुपर्ने अवस्था आएको कांग्रेसको विज्ञप्तिमा उल्लेख छ ।

संक्रमण बढ्ने खतराप्रति सरकार पूरै उदासीन रहेको आरोप लगाउँदै कांग्रेसले संक्रमितलाई अनिवार्य रुपमा आइसोलेसनको व्यवस्था गर्न माग गरेको छ ।





  • प्रकाशित मिति : असोज १९, २०७७ साेमबार १६:५८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया