विराट कोहलीको नाममा नयाँ रेकर्ड

आइपिएल अन्तर्गत गएराति दिल्ली क्यापिट्ल्सविरुद्ध खेल्दै भारतीय क्रिकेट टिम तथा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) का कप्तान विराट कोहलीले नयाँ रेकर्ड आफ्नो नाममा गराएका छन् । उनी विश्वमा एकै टिमका लागि सबैभन्दा बढी टि–२० खेल्ने खेलाडी बनेका हुन् ।

कोहलीले इङ्लिस खेलाडी जेम्स हिल्ड्रेथको रकर्ड तोडेका हुन् । जेम्सले सरमेटका लागि १९६ खेल खेल्दा कोहलीले आरसिबीका लागि १९७ खेल खेलेका छन् । कोहलीले आरसिबीका लागि आइपिएलमा १८२ तथा च्याम्पियन्स लिगमा १५ खेल खेलेका छन् । 

त्यस्तै यो खेलमा १० रन प्रहार गर्दै कोहली टि–२० मा ९ हजार रन प्रहार गर्ने पहिलो भारतीय खेलाडी समेत बने । उक्त खेलमा उनले ४३ रन प्रहार गरेका थिए ।  

उनले भारतका लागि तथा आइसिसीको मान्यता प्राप्त घरेलु प्रतियोगिता र फ्रेन्चाइज लिगमा गरेर कुल २८६ खेलमा ९ हजार ३३ रन प्रहार गरेका छन् । उनले भारतका लागि ८२ अन्तर्राष्ट्रिय खेलमा २ हजार ७९४ रन, आसिबीका लागि १९७ खेलमा ५ हजार ९२६ र घेरलु प्रतियोगितामा दिल्लीका लागि ७ खेलमा ३१३ प्रहार गरेका छन् ।

यो उपलब्धि हात पार्ने उनी विश्वका सातौं खेलाडी हुन् । उनी भन्दा अगाडि वेस्ट इन्डिजका क्रिस गेल र काइरन पोलार्ड, पाकिस्तानका सोएब मल्लिक, न्युजिल्यान्डका ब्रेन्डन म्याककुलम तथा अस्ट्रेलियाका डेविड वार्नर र आरोन फिंचले यो उपलब्धि हात पारेका थिए । 

गेलले १३ हजार २९६, पोलार्डले १० हजार ३०७, मल्लिकले ९ हजार ९२६, म्याककुलमले ९ हजार ९२२ वानर्रले ९ हजार ४५१ र फिंचले ९ हजार १४८ रन प्रहार गरेका छन् 
 





  • प्रकाशित मिति : असोज २०, २०७७ मंगलबार १४:४७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया