पर्सा प्रहरीले १ क्विन्टल २५ किलोभन्दा बढी लागुऔषध गाँजासहित एकजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीको विशेष टोलीले पर्साको पटेर्वा सुगौली गाउँपालिका ५ देउरियाबाट पक्राउ गरेको हो ।
प्रहरीले लागुऔषसहित राज ओझैयालाई पक्राउ गरेको जनाएको छ । ओझैयाले घरमा लुकाइछिपाइ राखेको सूचना आएपछि प्रहरी टोलीले उनको घरमा छापामारेको थियो ।
पक्राउ परेका ओझैयालाई थप अनुसन्धानका लागि पर्सा प्रहरीको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख गंगा पन्तले जनाइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।