ब्राजिलमा ५० लाखभन्दा बढीमा कोरोना सङ्क्रमण

ब्राजिलमा कोरोना सङ्क्रमितको सङ्ख्या ५० लाख ६९४ पुगेको जोन हप्किन्स विश्वविद्यालयको विज्ञान तथा इन्जिनियरिङ व्यवस्थापन केन्द्रले बिहीबार जानकारी गराएको छ । बुधबार ३१ हजार ५५३ जना संक्रमित थपिएसँगै सङ्क्रमितको ५० लाखभन्दा बढी पुगेको हो ।  

दक्षिण अफ्रिकी यो मुलुकमा विगत २४ घण्टामा सङ्क्रमित ७३४ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाबाट १ लाख ४८ हजार २२८ जनाको मृत्यु भइसकेको छ । यस मुलुकको सबैभन्दा बढी प्रभावित सहर साओ पाओलोमा मात्रै १० लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् । यहाँ कुल ३६ हजार ६६९ जनाको मृत्यु भएको छ । 

अमेरिकापछि विश्वमा कोरोना सङ्क्रमितको मृत्यु हुने मुलुक ब्राजिल हो । ब्राजिलमा गत फेब्रअरी २६ मा कोरोनाको पहिलो सङ्क्रमित भेटिएको थियो ।

विश्वव्यापी महामारीका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा कुल ७७ लाख ७६ हजार २२४ व्यक्ति सङ्क्रमित भएका छन् भने सङ्क्रमित २ लाख १६ हजार ७३७ जनाको मृत्यु भएको छ ।  तेस्रो बढी प्रभावित मुलक भारतमा कुल ६८ लाख ३५ हजार ६५२ व्यक्ति सङ्क्रमित भएका छन् भने सङ्क्रमितमध्ये १ लाख ५ हजार ५५४ जनाको मृत्यु भएको छ । 

विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या ३ करोड ६४ लाखभन्दा बढी पुगेको छ भने यसका कारण १० ६४ हजार ५७६ जनाको मृत्यु भइसकेको उक्त विश्वविद्यालयद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ । 

विश्वका अन्य प्रभावित मुलुकहरूमा रुस, कम्बोडिया, चिली, पेरू, स्पेन, फ्रान्स, इटालीलगायत अमेरिकी र युरोपेली मुलुक नै रहेका छन् ।





  • प्रकाशित मिति : असोज २२, २०७७ बिहीबार १५:४०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया