logo-img

पाकिस्तानमा पनि टिकटक प्रतिबन्ध, यस्तो छ कारण
फाइल फोटो

भिडियो सेयरिङ एप टिकटकमा पाकिस्तानले पनि प्रतिबन्ध लगाएको छ । पाकिस्तान दूर सञ्चार प्राधिकरण(पिटिए) ले शुक्रबार टिकटकमा प्रतिबन्ध  लगाउने निर्णय गरेको हो ।  भारत अमेरिकाले जस्तो चिनियाँ एप भएका कारण भने पाकिस्तानले प्रतिबन्ध लगाएको होइन् ।

टिकटकमा आएका अनैतिक र अश्लील भिडियो छनोट गर्न कठिन भएकाले प्रतिबन्ध लगाएको पाकिस्तान सरकारको भनाइ छ । 

पिटिएका अनुसार टिकटकमा धेरै अनैतिक र अश्लील सामग्री आएको भन्दै धेरै गुनासो आएपछि प्रतिबन्ध लगाउने निर्णय गरिएको हो । 

टिकटकले यस्ता खालका प्रतिबन्धित सामग्रीलाई नियन्त्रण गर्ने तरिका अपनाएको खण्डमा प्रतिबन्ध हटाउन सकिने पिटिएले जानकारी दिएको छ । 

भारत र अमेरिकाले भने टिकटक चिनियाँ एप भएकाले राष्ट्रिय सुरक्षामा खतरा हुने दावी गर्दै यसमाथि प्रतिबन्ध लगाएका हुन् । 

.





  • प्रकाशित मिति : असोज २४, २०७७ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया