अमेरिकी राष्ट्रपति उम्मेदवारको बहस रद्द

अमेरिकी राष्ट्रपति पदका लागि दुई उम्मेदवारबीचको दोस्रो बहस रद्द भएको छ । आगामी कार्यकालका लागि पनि राष्ट्रपति पदका उम्मेदवार रहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो बहसमा सहभागी नहुने घोषणा गरेका छन् । 

यसअघि राष्ट्रपति पदका लागि अर्का उम्मेदवार डेमोक्रेटिकका जोए बाइडेनले ट्रम्प कोरोनामुक्त नभई उनीसँगको बहसमा प्रत्यक्ष भाग नलिने अडान लिएका थिए । ट्रम्पले पनि दोस्रो बहसमा सहभागी नहुने घोषणा गरेपछि राष्ट्रपतीय बहस आयोगले औपचारिक रुपमै बहस रद्द गरेको हो ।

राष्ट्रपतीय बहस आयोगले यही अक्टोबर १५ तारिखका दिन गर्ने गरी दोस्रो बहसको तयारी गरिरहेको थियो । जोए बाइडेनले भने भर्चुअल बहसका लागि आफू तयार नै रहेको बताउँदै आएका थिए ।    

गत शुक्रबार कोरोनाभाइरसबाट सङ्क्रमित भएका ट्रम्प तीन दिनको अस्पताल बसाइपछि ह्वाइट हाउस फर्केका थिए । कोरोना पुष्टि भएको एक सातामै आफू पूर्ण स्वस्थ दाबी गर्दै उनले चुनावी र्यालीमा भने सहभागी हुने बताएका छन् ।  





  • प्रकाशित मिति : असोज २४, २०७७ शनिबार १९:१:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया