प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भ्रष्टाचारका फाइल खोल्न र कारबाही गर्न सिंगो देशले माग गरिरहेको बताएका छन् ।
बिहीबार ट्विट गर्दै उनले वाइड बडी, ओम्नी, बालुवाटार, प्रिन्टिङ प्रेस, गोकर्ण रिसोर्ट अनि लडाकुको रासनसमेतको छानबिन गर्न माग गरेका छन् ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेकपाका दुई अध्यक्ष र कांग्रेस सभापति मिलेर बुढिगण्डकी जलविद्युत् आयोजनाको ९ अर्ब रकम भ्रष्टाचार गरेको आरोप लगाएको केही दिनपछि कांग्रेस प्रवक्ताको यस्तो धारणा आएको हो ।
शर्माले ट्विटमा बुढीगण्डकीमा राष्ट्रघातबारे भएको निष्कर्षसहित गत मंसिरमा कांग्रेसले तयार पारेको बुढिगण्डकी आयोजनाबारे छोटो भिडिओ पनि पोष्ट गरेका छन् ।
भ्रस्टाचारका फायल खोल्न र कार्वाही गर्न सिंगो देशको माग छ l वाइड बडि,ओम्नि, बालुवाटार, प्रीन्टिङ प्रेस,गोकर्ण रिसोर्ट अनि लडाकुको राशन समेत l गहिरो छानबिन र कडा कार्वाही अघि बढाउन सार्वजनिक दबाब बढाऔं !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) October 15, 2020
बुढिगण्डकीमा रास्ट्रघातबारे गत मंसिरको भिडियो वक्तव्य यस्तो थियो ! pic.twitter.com/IAGijgzVh5
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।