\
न्युजिल्यान्डको प्रधानमन्त्रीमा जासिन्डा आर्डेन पुनः निर्वाचित भएकी छिन् । भारी मतका साथ जासिन्डा प्रधानमन्त्रीमा निर्वाचित भएकी उनको यो दोस्रो कार्यकाल हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ८७ प्रतिशत मत गणना भइसक्दा आर्डेनको लेबर पार्टीले ४८.९ प्रतिशत मत प्राप्त गरेको छ । विपक्षी नेसनल पार्टीले २७ प्रतिशतभन्दा कम मत पाउने प्रक्षेपण गरिएको छ ।
कोरोना भाइरसलाई नियन्त्रण गर्न देशमा महत्वपूर्ण भूमिका खेलेका कारण उनी रउनको पार्टीलाई जनताले लोकप्रिय मतका साथ विजयी गराएका हुन् ।
न्युजिल्यान्ड कोरोनाको संक्रमणलाई शून्यमा झार्ने विश्वको पहिलो राष्ट्र हो । न्युजिल्यान्डमा २ हजारभन्दा कम व्यक्तिमा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।