देशभर २४ घण्टामा ४ हजार ४९९ कोरोना संक्रमित थपिए

देशभर कोरोना भाइरसका थप ४ हजार ४९९ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरूमा १६ हजार ८६३ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ४९९ जना संक्रमित थपिएका हुन् ।

आजसम्म १३ लाख ६७ हजार १६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४६ हजार ६९६ रहेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ६६८ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १ लाख ५ हजार ४८८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६८ दशमलव ९ प्रतिशत रहेको छ ।

देशभरका संस्थागत आइसोलेसन १४ हजार ९७२ जना र होम आइसोलेसनमा ३१ हजार ७२७ जना रहेका छन् ।

देशभर ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २९० जना आईसीयूमा राखेर उपचार भइरहेको छ । 



यससँगै कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ । 



  • प्रकाशित मिति : कात्तिक ७, २०७७ शुक्रबार १७:७:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया