भारतमा घट्दै कोरोना संक्रमित
नयाँ संक्रमित ५० हजार, कुल संक्रमित ७८ लाख नाघे

भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या दैनिक ओरालो लागेको छ । दुई साताअघिसम्म २४ घण्टाको अवधिमा ८६ हजारभन्दा माथि देखिने गरेका संक्रमित पछिल्लो २४ घण्टामा ५० हजार मात्रै नयाँ संक्रमित फेला परेका छन् । 

हालसम्म भारतमा कोरोना संक्रमितको संख्या ७८ लाख ६५ हजार पुगेको छ । गएको २४ घण्टामा भारतमा ५० हजार नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा कोरोना संक्रमितमध्ये ५७८ जनाको मृत्यु भएको छ । यो सहित भारतमा कोरोना संक्रमितमध्ये १ लाख १८ हजार ५३४ जनाको मृत्यु भएको छ । 

भारतमा अझै पनि ६ लाख ६८ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् भने ७० लाख ७८ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । 

महाराष्ट्र राज्यमा कोरोना संक्रमणको सर्वाधिक असर परेको छ । यहाँ अझै १ लाख ४० हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा रहेका छन् । राज्यमा हालसम्म ४३ हजार १५२ जनाको ज्यान गइसकेको छ । 

कर्नाटक राज्यमा १० हजार ८७३ तथा केरलामा १ हजार ३०६ जनाको कोरोनाकै कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । 



भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले देशभर १० करोड २५ लाख नमुना परीक्षण गरेको जनाएको छ । 



  • प्रकाशित मिति : कात्तिक ९, २०७७ आइतबार १६:३४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया