मैदानबाटै विराटको अनुष्कालाई प्रश्न– खाना खायौ ?

भारतीय सेलेब्रिटीको जोडीमा सबैभन्दा बढी चर्चा कमाएको जोडी हो, विराट र अनुष्काको । क्रिकेटर विराट र अभिनेत्री अनुष्काले विवाह पछि नै निकै धेरैको चासो आफूतिर तानिरहेका छन् ।

झन् जब जब खेलहरु हुन्छन्, विराट मैदानमा हुँदा अनुष्का स्टेडियममा पुगेर विराटको हौसला बढाइरहेकी हुन्छिन् । अनि यस्ता अवसरमा भारतमा सामाजिक सन्जाल प्रयोगकर्तालाई निकै धेरै कुराकानी गर्ने वाहना पनि बनिरहेका हुन्छन् । 

अहिले आइपिएल चलिरहेको छ । अनि यही समयमा विराट र अनुष्काको जोडी चर्चामा पनि छ । झन्, अहिले त अनुष्का गर्भवती पनि छिन् ।

यहीबीच उनको ध्यान गर्दै विराटले मैदानबाट नै अनुष्कालाई प्रश्न गरेका छन्– खाना खायौ ?

विराटले सोधेको यो प्रश्नलाई अहिले एउटा भिडियोमा निकै मन पराइएको छ । विराटले अनुष्कालाई गरेको यो ख्याललाई भारतमा समाजिक सन्जाल प्रयोगकर्ताहरुले निकै मन पराएका छन् । 





  • प्रकाशित मिति : कात्तिक ११, २०७७ मंगलबार १३:४४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया