फेसबुक इन्डियाकी प्रमुखले दिइन् राजीनामा

फेसबुक इन्डियाकी पब्लिक पोलिसी प्रमुख अन्खी दासले राजीनामा दिएकी छिन् । 

समाचार एजेन्सी पिटिआइका अनुसार फेसबुकले दासको यो राजीनामा पुष्टि गरेका छ । 

केही दिनअघि दास चर्चामा आएकी थिइन् । उनीमाथि हिन्दू राष्ट्रवादी संगठन तथा मानिसहरुमाथि उनले कारवाही नगरेपछि उनी चर्चामा आएकी थिइन् ।

उनीमाथि भारतीय जनता पार्टीका नेताहरुमाथि कारवाही हुन नदिएको आरोप लागेको थियो । फेसबुकका केही कर्मचारीले ‘हेट स्पिच’को आरोपमा केही भाजपा नेताहरुमाथि कारवाही हुनु पर्ने बताएका थिए । तर, दासले यसलाई रोकेकी थिइन् । 

दासले फेसबुक कम्पनीको सम्बन्ध भाजपासँग बिग्रन सक्ने भन्दै यस्तो कारवाही नगर्ने बताएकी थिइन् । 

तर, फेसबुकका प्रवक्ताले यस्तो हिंसा तथा घृणा फैलाउने माथि कारवाही हुनु पर्ने माग राखेका थिए । भाजपामाथि नरम बनेपछि दासविरुद्ध भारतीय कांग्रेसले फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई नै पत्र लेख्दै यो विषयमा छानबिन गर्न अनुरोध गरेको थियो । 





  • प्रकाशित मिति : कात्तिक ११, २०७७ मंगलबार १९:५७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया