भारतमा कोरोना संक्रमित ७९ लाख ९० हजार, १ लाख २० हजारको मृत्यु

भारतमा विगत २४ घण्टामा थप ४३ हजार ८९३ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । योसहित भारतमा कुल संक्रमितको संख्या ७९ लाख ९० हजार पुगेको छ । 

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हाल ६ लाख १० हजार ८०३ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । विगत २४ घण्टामा ५०८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भारतमा कोरोना संक्रमणबाट १ लाख २० हजार १० जनाको मृत्यु भएको छ । 

मन्त्रालयले भारतमा कुल जनसंख्यामा संक्रमित हुने व्यक्तिको अनुपात विश्वमै सबैभन्दा न्यून रहेको पनि जनाएको छ । साथै कोरोना संक्रमितको मृत्यु हुने औसत दर समेत विश्वका अन्य मुलुकको भन्दा कम रहेको मन्त्रालयले जनाएको छ । 

यसैगरी विश्वमा प्रति दश लाख जनसंख्यामा औसतमा १४३ जनाको मृत्यु भइरहेकामा भारतमा ८४, रसियामा १६९, फ्रान्समा ५११, बेलायतमा ६४४ र संयुक्तराज्य अमेरिकामा ६६० जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । 

भारतीय महाराष्ट्र राज्य कोरोना संक्रमणको सबैभन्दा उच्च जोखिममा रहेको छ । यहाँ अझै पनि १ लाख ३२ हजार व्यक्ति सक्रिय संक्रमित रहेका छन् ।  यहाँ ४३ हजार ४६३ जनाको मृत्यु भइसकेको छ भने १४ लाख ७८ हजार व्यक्ति निको भएका छन् ।

कर्नाटक राज्यमा ७१ हजार सक्रिय संक्रमित रहेकामा ७ लाख २७ हजार निको भएका छन् भने १० हजार ९९१ जनाको मृत्यु भएको छ ।



पश्चिम बङ्गालमा ३७ हजार १७२ जना सक्रिय संक्रमित रहेका छन् । तमिल नाडूमा २७ हजार ७३४ जना सक्रिय संक्रमित र राष्ट्रिय राजधानी दिल्लीमा २७ हजार ८७३ जना सक्रिय संक्रमित रहेका जनाइएको छ । 

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले हालसम्म १० करोड ५४ लाख ८७ हजारको नमुना परीक्षण गरेको जनाएको छ । हिजो अर्थात् अक्टोबर २७ का एकै दिनमा १० लाख ६६ हजार ७९६ जनाको नमुना परीक्षण गरेको जनाएको छ ।



  • प्रकाशित मिति : कात्तिक १२, २०७७ बुधबार १७:११:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया