दक्षिण कोरियाली पूर्वराष्ट्रपति लीलाई जेल चलान गर्न सर्वोच्च अदालतको आदेश

भ्रष्टाचार अभियोगमा दक्षिण कोरियाली पूर्वराष्ट्रपति ली म्युङ–वाक जेल चलान भएका छन् । वाकलाई सर्वोच्च अदालतले बिहीबार घुस तथा भ्रष्टाचार अभियोगमा १७ वर्ष जेल सजाय तोकेको छ ।

यसअघि नै पक्राउ परेका लीले मुद्दाको फैसला नहुँदासम्म धरौटीमा रिहा गर्न माग गरेपछि उनलाई रिहा गरिएको थियो । सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति रहेका नेता लीलाई अनुदारवादी नेताका रुपमा लिइन्छ । 

लीले आफ्ना विश्वासपात्रमार्फत आर्थिक अनियमितता गरेको अदालतले पुष्टि गरेको छ । आफ्नो पक्षमा फैसला आउने अपेक्षामा रहेका लीको आशामा बिहीबारको फैसलाले तुसारापात गरिदिएको छ । 

पछिल्लो फैसलामा पूर्वराष्ट्रपति लीले पुनरावेदनको सुविधा पनि पाउने छैनन् । यद्यपि, राष्ट्रपतिबाट सजाय माफ भएमा उनको सजाय घट्नेछ । 

राष्ट्रपतिले सजाय माफ नगरे उनले १७ वर्ष जेलमा बिताउनुपर्नेछ । लीले स्वास्थ्यको कारण जनाउँदै तत्काल पक्राउ नगर्न आग्रह गरेपछि प्रहरीले उनलाई सोमबार हिरासतमा लिने गरी निगरानीमा राखेको छ ।  

अदालतले उनलाई २५ अर्ब २० करोड कोरियन वनको अनियमितता र नौ अर्ब ४० करोड वनबराबर घुस स्वीकार गरेको ठहर गर्दै १७ वर्षको जेल सजाय तोकेको हो ।



दक्षिण कोरियाका चारैजना पूर्वराष्ट्रपतिले जेल सजाय पाएका छन् । राजनीतिक प्रतिद्वन्द्वीहरुबाट गरिएको अनुसन्धानले उनीहरुलाई जेल पुर्याएको हो ।

लीलाई २०१८ मा भ्रष्टाचार आरोपमा जेल सजाय सुनाइएको थियो । पुनरावेदन अदालतले उनलाई १७ वर्षको सजाय तोकेको थियो । 



सो आदेशविरुद्ध उनले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । सर्वोच्चको निर्णय नआउँदासम्मका लागि उनकै अनुरोधमा उनलाई जमानतमा रिहा गरिएको थियो । 

लीकी उत्तराधिकारी पार्क ग्युन हेले पनि शक्तिको दुरुपयोग गरेको र घुस स्वीकार गरेको अभियोगमा २० वर्षको जेल सजाय भोगिरहेकी छिन् । 

वर्तमान राष्ट्रपति मुन जाय–इनको राजनीतिक सल्लाहकारका रूपमा काम गरेका पूर्वराष्ट्रपति तथा उदारवादी नेता रो मु–ह्युनमाथि भ्रष्टाचार आरोप लागेपछि उनले आत्महत्या गरेका थिए ।

  • प्रकाशित मिति : कात्तिक १३, २०७७ बिहीबार १७:२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया