स्वचालित गुणस्तर परीक्षण प्रविधि भित्र्याउँदै प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले स्वचालित गुणस्तर परीक्षण प्रविधि भित्र्याउने भएको छ । दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय प्राधिकरणले भ्वाइस, डेटा तथा इन्टरनेट सेवाको गुणस्तर मापन गर्न यस्तो प्रविधि भित्र्याउन लागेको बताएको छ ।

हाल यो प्रविधि भित्र्याउन टेन्डरसमेत भइसकेको बताउँदै प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले प्राप्त बोलपत्र मूल्याङ्कनको काम भइरहेको जानकारी दिए ।

मोबाइल, टेलिफोन, डेटा तथा इन्टरनेट सेवाको न्यूनतम गुणस्तर तोक्ने, अनुगमन गर्ने र तोकिएको गुणस्तर कायम नगर्ने सेवाप्रदायकलाई कारबाही गर्ने अधिकार प्राधिकरणसँग छ ।

सेवाप्रदायकले प्रवाह गर्ने दूरसञ्चार सेवाको चुस्त र प्रभावकारी अनुगमन गर्नका लागि स्वचालित दूरसञ्चार गुणस्तर परीक्षण प्रविधि भित्र्याउन लागिएको नियामकले जनाएको छ ।

यसबाट उपभोक्ताले भ्वाइस, डेटा तथा इन्टरनेट सेवा निश्चित स्थान र समयमा कस्तो गुणस्तरको पाइरहेका छन् र त्यस्ता सेवा नियामकको मापदण्ड अनुरुप भए नभएको सहजै प्राप्त हुने प्राधिकरणले जनाएको छ ।

सेवाको गुणस्तर अनुगमनका साथै सेवाप्रदायकको आम्दानी तथा बिलिङ अस्योरेन्सको प्रविधिसमेत जोडिने प्रवक्ता अर्यालले बताए । यसबाट उपभोक्ताले सेवा प्रयोग गरे वापत तिर्नुपर्ने महसुल प्राधिकरणबाट स्वीकृत दरसँग मिले नमिलेको जाँच गर्न संभव हुनेछ ।



सेवा प्रदायकको आय र सरकारलाई बुझाउने राजस्व समेतको अनुगमन यो प्रणालीबाटै गर्न सकिने प्रवक्ता अर्यालले बताए । हाल प्राधिकरणले दूरसञ्चार सेवाको गुणस्तर मापनका लागि ड्राइभ टेस्ट लगायतका टुलको प्रयोग हुँदै आएको छ ।



  • प्रकाशित मिति : कात्तिक १४, २०७७ शुक्रबार १४:३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया