काठमाडौं उपत्यकामा मात्रै कोरोना संक्रमितको संख्या ७३ हजार १०३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार काठमाडौं, भक्तपुर र ललितपुर तीन जिल्लामा गरी यो संख्या पुष्टि भएको हो ।
उपत्यकामा अहिले कोरोनाका संक्रिय संक्रमित २० हजार ६६ जना रहेको मन्त्रालयले जनाएको छ । कोरोना निको हुनेको संख्या भने ५२ हजार ७०९ पुगेको छ । कोरोनाबाट ज्यान गुमाउनेको संख्या उपत्यकामा ३२८ पुगेको मन्त्रालयले जनाएको छ ।
काठमाडौं जिल्लामा कोरोना संक्रमितको संख्या ५९ हजार २३४ जना पुगेका छन् । जसमा निको हुनेको संख्या ४२ हजार ५०४ जना छन् । सक्रिय संक्रमित १६ हजार ५२१ जना छन् । जसमध्ये १० हजार ५१० कोरोना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०९ पुगेको छ । यसैगरी, भक्तपुरमा कोरोना संक्रमितको संख्या ५ हजार ५१९ पुगेको छ । जसमा निको हुनेको संख्या ४ हजार ३८३ छन् । सक्रिय संक्रमितको संख्या १ हजार ७५ जना छन् । सक्रिय संक्रमितमध्ये ७१९ जना होम आइसोलेसनमा छन् । कोरोनाबाट ६१ जनाको मृत्यु भएको छ ।
ललितपुरमा कोरोना संक्रमितको संख्या ८ हजार ३५० जना पुगेका छन् । जसमा निको हुनेको संख्या ५ हजार ८२२ पुगेको छ । २ हजार ४७० जना सक्रिय संक्रमित छन् । जसमध्ये २ हजार ३६३ जना होम आइसोलेसनमा छन् ।
ललितपुरमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५८ पुगेको मन्त्रालयले जनाएको छ ।
हालसम्म देशैभर कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ । निको हुनेको संख्या १ लाख २४ हजार ८६२ छ । कोरोनाका सक्रिय संक्रमितको संख्या ३८ हजार ९५२ जना रहेको मन्त्रालयले जनाएको छ । कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९०४ पुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।