क्रिस गेलको १ हजार टि–२० छक्का पूरा

युनिभर्सल बोसको नामले परिचित वेस्ट इन्डिजका विस्पोटक ब्याट्सम्यान क्रिस गेलले  टि–२० मा आफ्नो छक्काको संख्या १ हजार पुर्‍याएका छन् । उनले इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति राजस्थान रोयल्स विरुद्धको खेलमा यो उपलब्धि हात पारेका हुन् । 

गेललाई १ हजार पुर्‍याउन यो खेलमा ७ छक्काको आवश्यकता थियो । उनले १९ औं ओभरको पाँचौं बलमा कार्तिक त्यागीलाई छक्का प्रहार गर्दै हजार छक्क पूरा गरेका थिए । दुर्भाग्यबस अन्तिम ओभरको तेस्रो बलमा जोर्फा आर्चरबाट ९९ रनमा बोल्ड आउट हुनुअघि उनले ६ चौका र ८ छक्का प्रहार गरेका थिए । 

४१० खेलमा १ हजार १ छक्का प्रहार गरेका गेल यो उपलब्धि हात पार्ने पहिलो  खेलाडी हुन् । उनीपछि वेस्ट इन्डिजकै किरोन पोलार्ड छन् उनले ५२४ खेलमा ६९० छक्का प्रहार गरेका छन् । यो सूचीको शीर्ष १० भित्र भारतीय ब्याट्म्यानमा रोहित शर्मा मात्र अटाएका छन् । ३३७ खेलमा ३७६ छक्का प्रहार गरेका उनी आठौं स्थानमा छन् ।

आइपिएलमा सर्वाधिक छक्का 

गेलले आइपिएलमा सर्वाधिक छक्का प्रहार गरेका छन् । उनले आइपिएलमा ३४९ छक्का प्रहार गर्दा क्यारेवियन प्रिमियर लिग (सिपिएल) मा १६२, बङ्गलादेश प्रिमियर लिग (बिपिएल) मा १३२ र टि–२० विश्वकपमा ६० छक्का प्रहार गरेका छन् । गेलले यीबाहेक अन्य विभिन्न प्रतियोगिताहरूमा २९८ छक्का प्रहार गरेका छन् ।





  • प्रकाशित मिति : कात्तिक १५, २०७७ शनिबार ११:४८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया