‘अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन चुनौतीपूर्ण’

अर्थमन्त्री विष्णु पौडेलले कोरोनाका कारण देशको अर्थतन्त्रमा देखिएको संकुचनलाई पुरानै लयमा फर्काउन चुनौतीपूर्ण रहेको बताएका छन् ।

कोरोना संक्रमणको जोखिमका कारण देशको उत्पादन र रोजगारीमा गम्भीर प्रभाव परेकाले अर्थतन्त्रमा संकुचन देखा परेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पदाधिकारीहरूसँग शनिबार सिंहदरबारमा भएको भेटमा अर्थमन्त्री पौडेलले उत्पादन र रोजगारीमा परेको असरले देशको अर्थतन्त्रमा गम्भीर संकुचन देखा परेको बताएका हुन् ।

कोरोनाका कारण देखा परेको संकुचनलाई पुरानै लयमा फर्काउन चुनौतीपूर्ण भए पनि आफूले अधिकतम प्रयास गर्ने उनले बताए । स्वास्थ्य सजगता अपनाउँदै उत्पादन बढाउने र रोजगारी सिर्जना गरी अर्थतन्त्रलाई चलायमान बनाउने तर्फ अर्थमन्त्री पौडेलले जोड दिए । 

मानिसको जीवन र जिविकाको रक्षाका निम्ति अहिलेको परिस्थितिको सीमाभित्र रहेर चुनौतीहरूलाई सामना गर्दै रोजगारी बढाउने समेत अर्थमन्त्री पौडेलले स्पष्ट पारे । त्यसका लागि स्वास्थ्य सुरक्षाका मापदण्डलाई अपनाएर आर्थिक क्रियाकलापलाई अगाडि बढाई समग्र आर्थिक जीवनलाई गतिशील बनाउन सरकार प्रतिबद्ध रहेको उनले बताए । 





  • प्रकाशित मिति : कात्तिक १५, २०७७ शनिबार १८:७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया