बेलायती प्रधानमन्त्री बोरिस जोनसनले चार साता लामो देशव्यापी लकडाउन घोषणा गरेका छन् । उनले बेलायतमा कोरोनाभाइरस संक्रमण निकै फैलिन सक्ने र स्वास्थ्य अपातकाल आउन सक्ने भन्दै चार साता लामो लकडाउन घोषणा गरेका हुन् ।
उनले अब क्रिसमस निकै फरक हुन सक्ने तर अहिले नै यो सावधानी अपनाउन सक्दा केही सहज हुनसक्ने अपेक्षा आफूले गरेको बताएका छन् ।
बिहीबारबाट नै पब, रेष्टुँरा, जिम तथा अन्य अत्यावश्यकबाहेकका पसलहरु चर साताका लागि बन्द गर्नु पर्ने उनले बताएका छन् ।
तर, यसअघिको लकडाउन जस्तो यसपटक स्कुल, कलेज तथा विश्वविद्यालयहरु बन्द गर्न नपर्ने भएको छ ।
२ डिसेम्बरपछि फेरि लकडाउन खुकुलो बनाउने पनि उनले बताएका छन् ।
‘क्रिसमस यो वर्ष निकै फरक हुने भएको छ,’ उनले भनेका छन्, ‘तर, अहिले कडा नियमहरु लगाइएको खण्डमा भोलि यहाँका परिवारहरु सँगै हुनसक्ने व्यवस्था हुनसक्छ ।’
उनले अहिले व्यवसाय र अर्थतन्त्रमा परेको समस्याका कारण आफू निकै दुःखी भएको पनि बताएका छन् ।
तर, अहिलेको अवस्थामा अब त्यहाँ स्वास्थ्य सेवामा पनि समस्या देखिन सक्ने सम्भावना बढ्दै गएको उनले बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।