प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अवहेलना मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले कोरोनाबाट संक्रमितको निःशुल्क परीक्षण र उपचार गर्न सर्वोच्च अदालतले असोज १५ गते जारी गरेको परमादेशको उल्लंघन गरेको भन्दै आइतबार अवहेलना मुद्दा दर्ता गर्न लाग्दा अदालतले अस्वीकार गरेको हो ।
अवहेलनाको निवेदनमा त्रुटि देखिएको भन्दै अदालतले त्रुटि सच्याएर अर्को दिन निवेदन ल्याउन आग्रह गरेको छ । सर्वोच्चले कोरानाको उपचार निःशुल्क रुपमा गर्न सरकारलाई परमादेश दिएको थियो ।
तर, सरकारले कात्तिक २ गते त्यसको उल्लंघन गर्दै नागरिकले कोरोनाको उपचार आफैँ गर्नुपर्ने निर्णय सार्वजनिक गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।