कैलालीको मोहन्यालमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् । ती मध्ये १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
१६ जना यात्रु बोकेर कैलालीको घोडाघोडीस्थित डोके बजारबाट पण्डौन तर्फ जाँदै गरेको सुपप्र०१००१च २६२३ नम्बरको जिप आइतबार महोन्याल गाउँपालिका वडा नम्बर ४ को बास पानीमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी मोहन्याल गाउँपालिका २ का ६० वर्षीय कविराज भण्डारीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते रहेका घोडाघोडी ८ का ६० वर्षीय खडक रावललाई थप उपचारको लागि कोहलपुर रेफर गरिएको छ ।
अन्य स्थानीय घोडाघोडी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । ब्रेक फेल भएर जिप रोडमा करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।