कोरोना संक्रमणका कारण गम्भीर बिरामी परेका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव मीन विश्वकर्माको होस खुलेको छ । मंगलबार उनको कोरोना परिक्षणको रिपोर्ट पनि नेगेटिभ आएको छ ।
नेता विश्वकर्माले इशाराले चिकित्सकसँग कुरा गर्न थालेको ग्राण्डी अस्पताललाई उद्धृत गर्दै उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
गत कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी एक साता होम आइसोलेसन बसेका थिए । होम आइसोलेसन बस्दा सास फेर्न असजिलो हुन थालेपछि उनी कात्तिक ९ गते वीर अस्पताल भर्ना भएका थिए ।
तीन दिन उपचार गरेर वीर अस्पतालले उनलाई कात्तिक १२ गते ग्राण्डी अस्पताल रेफर गरेको थियो । ग्राण्डीमा उनको भेन्टिलेटरमै उपचार भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।