सर्वोच्च अदालतमा २ मंसिरबाट नियमित काम–कारबाही

आगामी २ मंसिरबाट सर्वोच्च अदालतको नियमित कामकारबाही सुरु हुने भएको छ । कोरोना महामारीका कारण सर्वोच्चमा हाल बन्दी प्रत्यक्षीकरणका रिट, हेर्दाहेर्दैमा रहेका मुद्दा, थुनुवा तथा नेपाल सरकारका तर्फबाट परेका पुनरावेदन निवेदनको मात्रै सुनुवाइ हुँदै आएको थियो ।  

मंगलबार नेपाल बार एसोसिएसनका अध्यक्ष एवं महासचिव, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष तथा सचिवसमेतका पदाधिकारी तथा सरोकारवालासँगको परामर्शमा सर्वोच्चले २ मंसिरबाट अदालतका काम नियमित गराउने भएको हो । 

मंगलवार सूचनामार्फत सर्वोच्चले मंसिर १ गतेसम्म हालकै व्यवस्थालाई निरन्तरता दिने र २ गतेबाट सुरक्षा सावधानी अपनाएर उपयुक्त संख्यामा पेसीको व्यवस्थापन गरी सबै प्रकारका रिट, मुद्दा, निवेदन–प्रतिवेदनको नियमित सुनुवाइ हुने जनाएको छ । 

अदालतले सुनुवाइका क्रममा उपस्थित हुने पक्ष–विपक्षका कानुन व्यवसायी, इजलास अधिकृतलगायत सम्बन्धित सबैलाई अनिवार्य रूपमा मास्क र सम्भव भएसम्म प्लास्टिक भाइजरसमेत लगाउन आग्रह गरेको छ । 





  • प्रकाशित मिति : कात्तिक १८, २०७७ मंगलबार १८:४१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया