प्रदेश २ का मुख्यमन्त्री एक सातादेखि आइसोलेसनमा, तर कोरोना परीक्षण गराएका छैनन्

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत एक सातादेखि आइसोलेसनमा छन् । रुघाखोकीसँगै ज्वरो आएपछि उनी होम आइसोलेसनमा बसेका हुन् । 

जनकपुरधामस्थित मधेस भवनमा रहेको आफ्नै निवासमा आइसोलेसनमा रहेका उनी पूर्ण रुपमा स्वस्थ्य रहेको राउतका प्रेस संयोजक आतिश मिश्रले बताएका छन् । उनले भने, ‘स्वास्थ्य बिग्रेपछि मुख्यमन्त्रीज्यू निवासमै बस्नुभएको छ, अहिले उहाँको स्वास्थ्यमा सुधार आइसकेको छ ।’ 

एक साताअघिदेखि स्वास्थ्यमा समस्या आए पनि उनले अहिलेसम्म कोरोना परीक्षण भने गराएका छैनन् । उनले अब २–३ दिनमा त्यो परीक्षण पनि गराउने बताएका छन् । 

मुख्यमन्त्री राउत विगत ४–५ दिनदेखि सार्वजनिक कार्यक्रममा सहभागी भएका छैनन् । लकडाउनका बेला समेत पार्टी प्रवेशलगायत कार्यक्रममा सहभागी हुँदै आएका उनले अहिले भेटघाट समेत बन्द गरेका छन् ।





  • प्रकाशित मिति : कात्तिक १८, २०७७ मंगलबार १९:४२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया