`संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल´ नलेख्न सरकारले दिएको निर्देशन आपत्तिजनक : कांग्रेस प्रवक्ता

सरकारले नेपालको नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्न गरेको निर्णयप्रति नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन् ।

गत असोज ११ गतेको मन्त्रिपरिषद् बैठकले मुलुकका औपचारिक कागजातमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेखी ‘नेपाल’ मात्रै लेख्ने निर्णय गरेको थियो ।

मंगलबार टि्वट गर्दै शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जेल बस्दाको सिध्दान्त सम्झने कि संविधान निर्माण गर्दाको प्रतिबध्दता ? भनेर प्रश्‍न गरेका छन् ।

कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले उक्त निर्णय कार्यान्वयन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई २८ असोजमा पत्र लेखेको थियो ।

यस्तो छ शर्माको ट्विट :





  • प्रकाशित मिति : कात्तिक १८, २०७७ मंगलबार २०:२२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया