[अमेरिकी राष्ट्रपति निर्वाचन] हामी जितको यात्रामा छौँः बाइडेन

अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले चुनावी नतिजा आउन थालेपछि सम्बोधन गरेका छन् ।

जो बाइडेन र उनकी पत्नीले यो सम्बोधनमा आफ्ना धारणा राखेका थिए । 

‘तपाईंहरुको धैर्य प्रशंसनीय छ,’ बाइडेनले भने, ‘हामी जहाँ छौँ, त्यहाँ निकै राम्रो लागिरहेको छ ।’

उनले यो निर्वाचन आफूहरुले जित्ने निश्चित भएको पनि बताएका छन् । ‘यो त्यति बेलासम्म सकिँदैन, जतिबेलासम्म अन्तिम भोट गनिँदैन,’ उनले भनेका छन्, ‘यस्तो हुन्छ भन्ने हामीलाई पहिले नै थाहा थियो । हामी यो निर्वाचनमा जितको यात्रामा छौँ ।’

अर्कोतिर रिपब्लिकन पार्टीका उम्मेदवार राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफूले सहजै निर्वाचन जित्ने बताएका छन् ।





  • प्रकाशित मिति : कात्तिक १९, २०७७ बुधबार ११:४७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया