अमेरिकामा भएको राष्ट्रपतीय निर्वाचनको नतिजा आउने क्रम छ ।
यहीबीच अमेरिकामा दुई उम्मेदवार जो बाइडेन र डोनाल्ड ट्रम्पबीच निकै टक्कर प्रतिस्पर्धा देखिएको छ । अहिलेसम्म गनिएका मतका आधारमा जो बाइडेन इलेक्टोरल भोटमा पनि अगाडि छन् ।
तर, मत गनिएका केही ठाउँमा अहिले ट्रम्पले लिड गरिरहेका छन् । त्यसैले यो निर्वाचनमा त्यहाँ कसले बाजी मार्छ भन्ने अहिले नै निश्चित हुन सकेको छैन ।
पछिल्लो समयको मत गणनाअनुसार डोनाल्ड ट्रम्पभन्दा पपुलर भोटमा जो बाइडेन नै अगाडि छन् । अहिलेसम्म गनिएको भोटमा जो बाइडेडनले ४९.८ प्रतिशत मत ल्याएका छन् भने डोनाल्ड ट्रम्पले ४८.६ प्रतिशत मत ल्याएका छन् । यो भनेको झन्डै १६ लाख मतको अन्तर हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।