अमेरिकी निर्वाचनः बाइडेनले एरिजोनामा जिते, अब ट्रम्पको जित कठिन

अमेरिकी निर्वाचनमा डेमोक्रेट्सको जित हुन्छ भन्ने अनुमान गर्नेहरुका लागि एउटा खुसीको खबर आएको छ । डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले एरिजोनामा जित निकालेका छन् । 

एरिजोनाका ११ इलेक्टोरल भोट जित्नु भनेको बाइडेन जितको नजिक पुग्नु भएको एपीले जनाएको छ ।

एरिजोनामा डेमोक्रेटिकाको यो जित किन महत्वपूर्ण मानिएको छ भने यहाँ सन् १९४८ देखि अहिलेसम्म डेमोक्रेटिकले जितेका थिएनन् ।

अब एरिजोनाको जितले बाइडेनलाई पेन्नसिल्भानियामा हार भए पनि खासै ठूलो फरक नपर्ने देखिन्छ । तर, यसका लागि उनले विस्कन्सिन र मिसिगनमा जित निकाल्नु पर्ने हुन्छ । 

बाइडेनको यो जितले डोनाल्ड ट्रम्पको जितको यात्रालाई असर गर्ने विश्लेषण गरिएको छ । 

यसअघि फक्स न्युजले एरिजोनामा ट्रम्पको जित हुने प्रक्षेपण गर्दा ट्रम्पका सल्लाहकारले यसलाई निकै महत्वका साथ लिएका थिए ।





  • प्रकाशित मिति : कात्तिक १९, २०७७ बुधबार १४:५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया