संघ-संस्थालाई काठमाडौंका मेयरको आग्रह– खाना खुवाउने काम खुलामञ्च होइन, पार्टी प्यालेसमा गर्नुहोला

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरभित्र निःशुल्क खाना खुवाउने कार्यलाई व्यवस्थित गर्ने बताएका छन् । 

बुधबार पत्रकार सम्मेलन गर्दै मेयर शाक्यले ‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’ भन्ने काठमाडौँ महानगरपालिकाको नीति नै भएको भन्दै निःशुल्क खाना खुवाउने कार्यलाई छिटै व्यवस्थित गर्ने जानकारी दिएका हुन् । 

उनले समस्यामा परेका श्रमिक, गरिब र असहायको सेवामा निरन्तर खटिएका विभिन्न संघ–संस्था र व्यक्तिलाई धन्यवाद दिदैँ काठमाडौँ महानगरपालिकासँग समन्वय गरेर मात्र ती कार्य अघि बढाउन आग्रह गरेका छन् । 

उनले भने, ‘त्यसका लागि तपाईंहरुले खुलामञ्च होइन, पार्टी प्यालेसलगयत ठाउँमा खाना खुवाउने व्यवस्था गर्नुहोला ।’ पार्टी प्यालेसको भाडा व्यहोर्न काठमाडौँ महानगरपालिका तयार रहेको पनि उनले बताए । 

‘सक्नेले श्रम गर्नुपर्छ । खुलामञ्चमै खाना खुवाउन पाउनुपर्छ भनेर कसैले पाखुरा सुर्किनुपर्ने आवश्यक छैन ।’ उनले भने, ‘हामी जिम्मेवार नियकाय भएकाले राजनीतिक स्वार्थभाव राखेर मुठभेड गर्ने वा गैरजिम्मेवार बन्ने पक्षमा छैनौँ ।’

श्रम गरी खान सक्ने युवालाई श्रमप्रतिको सम्मानका लागि प्रेरणा जागृत गराउनुपर्ने उल्लेख गर्दै उनले काठमाडौंलाई गरिखानेहरूको सहरका रुपमा चिनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘विश्वमै ऐतिहासिक र सांस्कृतिक सहरका रुपमा परिचित काठमाडौँ मागी खानेहरुको सहर हो भनी विश्वलाई चिनाउने प्रयास कसैबाट नहोस् भन्ने पनि हाम्रो चाहना छ ।’





  • प्रकाशित मिति : कात्तिक १९, २०७७ बुधबार १७:४५:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया