संघीय लोकतान्त्रिक गणतन्त्र हटाउनु देशलाई प्रतिगमनतिर लैजाने षड्यन्त्रः उपेन्द्र यादव

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादले नेपालसँगै संघीय लोकतान्त्रिक गणतन्त्र नलेखिने निर्णय देशलाई प्रतिगमनतिर लैजाने षड्यन्त्र भएको टिप्पणी गरेका छन् ।

बुधबार प्रेस नोट जारी गर्दै उनले जनताले अब फेरि अर्को प्रतिगमनका विरुद्ध पनि संघर्ष गर्नुपर्ने उल्लेख गरेका छन् । यादवले सरकारको यो निर्णयले लोकतान्त्रिक गणतन्त्र, संघीय प्रणाली र समावेशी लोकतन्त्रलाई नै धरापमा पारी मुलुकलाई निरङ्कुशतातर्फ लैजाने षड्यन्त्र गरिएको हो कि भनेर आशंका गरेका छन् ।  

उनले जनतालाई यसको स्पस्ट जवाफ नेकपाले दिनुपर्ने माग गरेका छन् । 

सरकारले नेपालको औपचारिका नाममा रहेको ‘संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल’  र अंग्रेजीमा ‘फेडरल डेमोक्रेटिक रिपब्लिक अफ नेपाल’लाई ‘नेपाल’ मात्रै लेख्नू भनी आदेश जारी गरेको छ । 

जनताले संघर्ष, त्याग र बलिदानद्वारा प्राप्त गरेका संघीय प्रणाली, समावेशिता, लोकतान्त्रिक गणतन्त्रकै विरुद्धमा सरकारले सो निर्णय, निर्देशन र आदेश जारी गरेको र यो असंवैधानिक भएको यादवको आरोप छ । 





  • प्रकाशित मिति : कात्तिक १९, २०७७ बुधबार १९:३९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया