अमेरिकी निर्वाचनः अब ६ इलेक्टोरल भोट ल्याए राष्ट्रपति हुन्छन् बाइडेन

चार वर्षका लागि राष्ट्रपति छान्न अमेरिकामा भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । यो निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन अब राष्ट्रपति बन्ने लगभग पक्का भएको छ । 

द गार्जियनका अनुसार अहिलेसम्म उनले २ सय ६४ इलेक्टोरल भोट ल्याएका छन् । रिपब्लिकन पार्टीका उम्मेदवार राष्ट्रपति डोनाल्ड ट्रम्पले २ सय १३ भोट ल्याएका छन् । 

अब ६ इलेक्टोरल भोट ल्याए पछि बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनेछन् ।

यसअघि सन् २०१६ मा रिपब्लिकनले जितेको एरिजोना, मिसिगन र विस्कन्सिनमा बाइडेनले जित निकालेपछि उनी सहज जितका लागि अगाडि बढेका हुन् । 

अब उनी नेभाडामा ट्रम्पभन्दा निकै अगाडि छन् । नेभाडामा ६ इलेक्टोरल भोट रहेका छन् । उनले नेभाडामा जित निकालेसँगै उनी राष्ट्रपतिमा निर्वाचित हुनेछन् ।





  • प्रकाशित मिति : कात्तिक २०, २०७७ बिहीबार १०:४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया