अहिले अमेरिकामा थप चार वर्षका लागि राष्ट्रपति छान्न भएको निर्वाचनको मत परिणाम आइरहेको छ । विभिन्न राज्यमा अहिले पनि मतगणना भइरहेको छ ।
यो निर्वाचनमा डेमोक्रेटिक पार्टीका जो बाइडेन र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प भिडिरहेका छन् ।
यसअघि सन् २०१६ मा भएको निर्वाचनमा डोनाल्ड ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई हराएका थिए । तर, पपुलर भोटमा हिलारी नै डोनाल्ड ट्रम्पभन्दा अगाडि थिइन् ।
यसपटक चाहिँ इलेक्टोरल भोट र पपुलर भोटमा जो बाइडेन नै राष्ट्रपति ट्रम्पभन्दा अगाडि देखिएका छन् । पछिल्लो रिपोर्टअनुसार बाइडेनले २६४ इलेक्टोरल भोट ल्याइसकेका छन् । ट्रम्पको पनि २ सय १३ इलेक्टोरल भोट आएको छ ।
पपुलरमा भोटमा जो बाइडेन कम्तिमा पनि ३५ लाख भोटले अगाडि छन् ।
उनले ७ करोड २० लाख ५५ हजारभन्दा धेरै भोट ल्याएका छन् । ट्रम्पले चाहिँ अहिलेसम्म ६ करोड ८५ लाख भोट ल्याएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।