हारेर पनि ट्रम्पले ह्वाइटहाउस छाडेनन् भने ?

अमेरिकामा राष्ट्रपति निर्वाचनको नतिजाका लागि अहिले मत गणना भइरहेको छ । अहिलेसम्म आएको नतिजाअनुसार डेमोक्रेटिक पार्टीका जो बाइडेन अगाडि देखिएका छन् । 

कतिपय सन्चारमाध्यमले त यो निर्वाचनमा बाइडेनले नै जित निकाल्ने घोषणा पनि गरिसकेका छन् । 

तर, यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जो बाइडेन दुवैले आआफूले जितेको घोषणा गरिसकेका छन् । यी दुवैले यो दाबी मात्र गरेका होइनन्, ट्रम्पले त आफू अहिले भइरहेको मत गणना रोक्न अदालत जानेसम्म चेतावनी दिएका छन् ।

यसले अमेरिकामा एउटा डर उत्पन्न गराएको छ– ट्रम्पले चुनाव हारेर पनि यही मुद्दा बनाएर ह्वाइट हाउस छाडेनन् भने के हुन्छ ?

हो, अब विस्तारै यो विषयमा विश्वका अन्य देशमा पनि कुरा हुन थालेको छ । तर, यसलाई सुरुमा त्यस्तो अस्वभाविक मान्नु किन हुँदैन भने जो कोहीले पनि चुनाव हारेपछि अहिलेसम्म सरकारी निवास नछाडेको इतिहास नै छैन । तर, ट्रम्पले मुद्दा हाले र यसलाई ठूलो कारण बनाउन थाले भने उनलाई सत्ताबाट हटाउन नवनिर्वाचित राष्ट्रपति तथा सिक्रेट सर्भिसको भूमिका निकै महत्वपूर्ण मानिएको छ ।

बिजनेस इनसाइडरका अनुसार यदि चुनावमा पराजित उम्मेदवारले कार्यकाल समाप्त हुँदासम्म पनि ह्वाइटहाउसमा कब्जा जमाएर बसे भने नवनिर्वाचित राष्ट्रपतिले उनलाई हटाउन प्रहरी प्रयोग गर्न सक्छन् ।



अहिले यो अन्योलको विषय किन भएको हो भने अमेरिकामा यो विषयमा संविधानमा उल्लेख गरिएको छैन । 

त्यसो त अहिले पनि विभिन्न विषयमा जो बाइडेनका वकिलहरुले संवैधानिक कानुनअनुसार ट्रम्पमाथि अन्य विषयमा पनि मुद्दा हाल्ने तयारी गरेका छन् । यस्तो हुनुको कारण हो– केही दिनअघि ह्वाइट हाउसमा भएको एक कार्यक्रममा ट्रम्पले आफूले चुनाव हारेमा देखाइदिने प्रतिक्रिया दिएका थिए । 



  • प्रकाशित मिति : कात्तिक २०, २०७७ बिहीबार १४:८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया