प्रदेश २ मा कोरोनाले एकैदिन ५ को मृत्यु, ४ मृतक ३० वर्ष मुनिका

प्रदेश २ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ जना ३० भन्दा कम उमेर समूहका छन् ।

सामाजिक विकास मन्त्रालयका निमित्त निर्देशक विजयकुमार झाका अनुसार सिरहाको विष्णुपुर गाउँपालिका १ का ८४ वर्षीय पुरुषको कोरोनाले ज्यान गएको छ । मृतक पुरुष दीर्घरोगी थिए ।

यस्तै सप्तरीका एक महिला र ३ पुरुषको पनि कोरोनाले मृत्यु भएको छ । सप्तरीको विष्णुपुर गाउँपालिका २ की २६ वर्षीया महिलाको ज्यान गएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी उनको उपचारकै क्रममा मृत्यु भएको बताइएको छ ।

यस्तै सप्तरीकै राजविराज नगरपालिका २ का २८ वर्षीय, महादेवा गाउँपालिका ४ का ३० वर्षीय र सोही गाउँपालिका ६ का ३० वर्षीय युवकको कोरोनाले ज्यान लिएको छ ।

योसँगै सप्तरीमा कोरोनाले हालसम्म ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । यस प्रदेशमा हालसम्म कोरोनाले १८० जनाको ज्यान गएको छ ।





  • प्रकाशित मिति : कात्तिक २०, २०७७ बिहीबार १७:५६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया