अमेरिकामा नयाँ राष्ट्रपति चुन्नका लागि भएको निर्वाचनको मत गणना अहिले जारी छ । ५० मध्ये ४४ राज्यमा अहिलेसम्म मत गणना सकिएको छ ।
अहिलेसम्मको गणनाअनुसार डेमोक्रेटिक पार्टीका जो बाइडेन अहिले निकै अगाडि छन् ।
तर, यसको अर्थ होइन, उनी अमेरिकी राष्ट्रपति चुनिइसकेका छन् ।
बरु अहिले मत गणना जारी भएका ६ राज्यले अब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नै रहने कि बाइडेन बन्ने निर्धारण हुनेछ ।
यी ६ राज्य हुन्– अलास्का, एरिजोना, जर्जिया, नेभादा, नर्थ क्यारोलिना र पेन्सिलभेनिया ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।