ज्योतिषीले भने– कडा टक्कर हुन्छ अनि ट्रम्पले चुनाव जित्छन्

भारतमा चर्चित व्यापारी हुन्, आनन्द महिन्द्रा । उनले बुधबार आफ्नो सामाजिक सन्जाल ट्विटरमा एउटा ट्विट गरेका छन् । 

ट्विटमा उनले एक ज्योतिषीको दाबी सेयर गरेका छन् । 

ज्योतिषीको दाबी सेयर गर्दै उनले ज्योतिषीको नाम चाहिँ आफूले लुकाएको बताएका छन् । त्यसमा ज्योतिषीले एक कागजमा ट्रम्पको जन्मकुण्डली बनाएका छन् र उनले नै अहिले अमेरिकामा भएको चुनाव जित्ने उल्लेख गरेका छन् । 

त्यसमा पहिले निकै ठूलो टक्कर हुने तर अन्त्यमा डोनाल्ड ट्रम्पले चुनाव जित्ने उल्लेख गरिएको छ ।

अहिले अमेरिकामा भएको निर्वाचन मत परिणाममा चाहिँ जो बाइडेन ट्रम्पभन्दा निकै अगाडि छन् ।

 





  • प्रकाशित मिति : कात्तिक २०, २०७७ बिहीबार २२:२:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया