अझै ३७ स्थानीय तहले बजेट पेस गरेनन्

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अझै ३७ स्थानीय तहले आर्थिक वर्ष २०७७–७८ को बजेट पेस गरेका छैनन् । मन्त्रालयले पटक–पटक ताकेता गर्दा पनि अझै ३७ स्थानीय तहले बजेट पेश नगरेको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए । 

गत असारमा बजेट पास गरेका स्थानीय तहले अनिवार्य रूपमा बजेट मन्त्रालयमा पेस गर्नुपर्ने हुन्छ । विवरण पेस नगर्ने सबैभन्दा धेरै स्थानीय तह प्रदेश नं २ का रहेका छन् । प्रदेश नं २ मा १३६ स्थानीय तहमध्ये १०४ ले मात्र विवरण पेस गरेका छन् भने ३२ स्थानीय तहले अझै गरेका छैनन् ।
 
यस्तै बजेट पेस नगर्नेमा प्रदेश नंं १ का दुई, प्रदेश नं २ का ३२, वाग्मती प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशको एक स्थानीय तह रहेको छ । प्रदेश नंं १ का भोटखोला गाउँपालिका सङ्खुवासभा र मेन्छयायेम गाउँपालिका तेह्रथुम रहेका छन् । 

बाग्मती प्रदेशको लिखु तामाकोशी गाउँपालिका रामेछाप र आमाछोदिङमो गाउँपालिका रसुवा, सुदूरपश्चिम प्रदेशको बूढीगङ्गा नगरपालिका बाजुरा रहेका छन् । कानुनअनुसार सबै स्थानीय तहले गत असार १० गतेभित्र बजेट पारित गरेका थिए ।





  • प्रकाशित मिति : कात्तिक २२, २०७७ शनिबार १७:४३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया