बुटवलमा शनिबार दुई कोरोना संक्रमितको मृत्यु

बुटवलमा शनिबार दुई कोरोना संक्रमितको मृत्यु भएको छ । उनीहरुको उपचारका क्रममा शनिबार बिहान बुटवलस्थित कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका २ की ७० वर्षीया महिला र रुपन्देहीकै तिलोत्तमा नगरपालिका १० का ५० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । 

निमोनियाको समस्याका कारण ७० वर्षीया महिला गत कात्तिक १७ गते अस्पताल भर्ना भएकी थिइन् । 

मृतक पुरुष गत कात्तिक १४ गते अस्पताल भर्ना भएका थिए । उनमा मुटुरोग र डिप्रेसनको समस्या रहेको अस्पतालले जनाएको छ ।





  • प्रकाशित मिति : कात्तिक २२, २०७७ शनिबार १९:४७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया